ईपीएसमार्फत कोरिया जान प्रतीक्षारत युवाद्वारा माइतीघरमा प्रदर्शन, तस्बिरहरु
सारांश
- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
- उनीहरूले 'पास गरेकोलाई कोरिया पठाऊ' र 'रोजगारको अधिकार सुनिश्चित गर' जस्ता नारा लगाउँदै सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका छन्।
- ईपीएस भाषा परीक्षा र प्रक्रिया पूरा गरेपछि पनि हजारौं युवा लामो समयदेखि कोरिया जान प्रतीक्षामा रहेको, रोस्टरमा परे पनि श्रम सम्झौता नआउनु, सीमित कोटा, प्रक्रिया ढिलाइ तथा प्रशासनिक जटिलता कारण जान नपाएको गुनासो गरेका छन्।
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
'पास गरेकोलाई कोरिया पठाऊ' र 'रोजगारको अधिकार सुनिश्चित गर' लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन्।
ईपीएस भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेपछि पनि हजारौं युवा लामो समयदेखि कोरिया जान प्रतीक्षामा रहेको उनीहरूको गुनासो छ। कोरियाली रोजगारदाताबाट ‘रोस्टर’ मा परे पनि श्रम सम्झौता नआउनु, सीमित श्रम कोटा, प्रक्रिया ढिलाइ तथा प्रशासनिक जटिलताका कारण जान नपाएको प्रदर्शनकारीहरूले बताएका छन्।
प्रदर्शनमा सहभागी युवाहरूले भाषा परीक्षा उत्तीर्ण गर्न वर्षौं समय खर्चिएको र तालिम तथा कागजी प्रक्रियामा ठूलो रकम लगानी गरे पनि रोजगारका लागि कोरिया जान नपाएको बताए। उनीहरूले प्रक्रिया पारदर्शी बनाउन, श्रम कोटा वृद्धि गर्न तथा छिटो पठाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।











तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण