भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले गर्यो आन्दोलनको घोषणा
सारांश
- नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले १५ बुँदे माग राख्दै देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
- वैकल्पिक पुनस्र्थापना र उचित व्यवस्थापन बिना डोजर चलाइएको भन्दै समितिले सिंहदरबार घेराउसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
- समितिले आत्महत्या गर्नेलाई सहिद घोषणा गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र डोजर अभियान बन्द गर्न माग गरेको छ ।
काठमाडौं । ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउसहितका कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन–सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्र्थापना, उचित व्यवस्थापन बिना डोजर लगाइएकोले संघर्षमा उत्रिन बाध्य भएको जानकारी दिए । जेठ ३ र ४ गते बुटवलमा भएको जन प्रदर्शन सहित राष्ट्रिय भेलामार्फत सघर्षका कार्यक्रम तय गरेको र आफूहरुले उठाएका १५ बुँदे माग पूरा नभए सोही अनुरुप संघर्ष चर्काउने पौडेलको चेतावनी छ ।
संरक्षण समितिका हरिश गिरीले सरकारको डोजर अभियानका कारण आत्महत्या गर्न बाध्य भएका नागरिकलाई सहिद घोषणा गर्न माग गरे । गिरीले मृतकको परिवारलाई उचित क्षतिपूर्ति सहित व्यवस्थापन र अत्महत्य गर्न बाध्य पार्ने दोषीउपर कारबाही गर्न माग समेत गरे ।
समितिका सदस्य विरमान लामाले सुकुम्बासी तथा पीडित भूमिहीनहरुलाई सरकारले लालपूर्जाको व्यवस्था गर्नुपर्ने, क्षतिपूतिसहित उचित व्यवस्थापन गर्नुपर्ने, अवैधानीक डोजर अभियान बन्द गर्नुपर्नेलगायतका १५ बुँदे मागहरु परा नभए देशव्यापी आन्दोलन चर्काउने कार्ययोजना रहेको जानकारी दिए ।
राष्ट्रिय जेनजी–नागरिक अभियानका प्रवक्ता विर्जन विश्वकर्माले अवैधानीकरुपमा बालेन सरकारले भूमिहीन–सुकुम्बासीहरुलाई उठिबास लगाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण