वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयासको विरोध, कानुनी कारबाहीको माग
सारांश
- वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि प्रहरीले निगरानी र धरपकडको प्रयास गरेको तथा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको छ।
- जनआस्था साप्ताहिक र जनआस्था डटकममा आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठमाथि प्रधानमन्त्रीको निर्देशनमा धरपकड, धम्क्याउने र स्रोत खुलाउन दबाब दिने गतिविधि भएको महासङ्घलाई जानकारी गराइएको छ।
- महासङ्घले प्रेस विरोधी गतिविधि रोक्न, समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अपनाउन आग्रह गर्दै पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेको छ।
काठमाडौँ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास गरेको तथा विभिन्न व्यक्तिबाट धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ।
समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने यस्ता गतिविधि स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहार भएको महासङ्घका महासचिव रामप्रसाद दाहालले सोमबार जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घको काठमाडौँ शाखाका अनुसार केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्तारुढ दलका नेतासम्बन्धी आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठमाथि यस्तो व्यवहार भएको हो।
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेन शाहको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खुलाउन दबाब दिने गतिविधि बढेको जानकारी महासङ्घलाई गराएका छन्।
महासङ्घले प्रेस विरोधी गतिविधि तत्काल रोक्न, समाचारप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
साथै पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण