जिल्ला समन्वय समितिका प्रमुखको निधन
सोमबार, ११ जेठ २०८३, २२ : ५५
सारांश
- जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाको ६५ वर्षको उमेरमा निधन भएको छ।
- थापा मुटु र उच्च रक्तचापको समस्याले विगत दुई सातादेखि उपचाररत हुनुहुन्थ्यो।
- सेवा निवृत्त पत्रकारसमेत रहेका थापाको आज अन्त्येष्टि गरियो।
भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाको सोमबार निधन भएको छ ।
शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत रहेका थापाको ६५ वर्षको उमेरमा निधन भएको हो । सूर्यविनायक नगरपालिका–७ निवासी थापा विगत दुई सातादेखि मुटु तथा उच्च रक्तचापसम्बन्धी समस्याका कारण उपचाररत रहेका थिए ।
थापाको सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको उनको पारिवारिक श्रोतले जनाएको छ । उनी रेडियो नेपालको सेवा निवृत्त पत्रकारसमेत रहेका थिए । उनका एक छोरा, तीन छोरी र श्रीमती छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण