मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री शाहसँग छलफल गर्न ईयूका कूटनीतिज्ञहरू सिंहदरबारमा, तस्बिरहरू

मङ्गलबार, १२ जेठ २०८३, ११ : ४३
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन्।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण र सहकार्यका विषयमा छलफल भएको छ।
  • कूटनीतिक सम्बन्ध विस्तार र आपसी सहकार्यका एजेन्डाहरू अगाडि बढाउने उद्देश्यले यो संवाद आयोजना गरिएको हो।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग मंगलबार संयुक्त भेटवार्ता गर्दैछन्।

तय भएको कार्यक्रम अनुसार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरू सामूहिक भेट र संवादका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्।

kutnitik (1)

प्रधानमन्त्री शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको थियो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार यस सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।

kutnitik (2)

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए। कूटनीतिक सम्बन्ध विस्तार र आपसी सहकार्यका एजेन्डाहरूलाई अगाडि बढाउने उद्देश्यका साथ प्रधानमन्त्री कार्यालयले यो संवादको आयोजना गरेको हो।

kutnitik (3)kutnitik (4)kutnitik (6)kutnitik (7)kutnitik (8)kutnitik (9)kutnitik (10)kutnitik (11)kutnitik (12)kutnitik (13)kutnitik (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप