फिल्म 'ल्याङ्ग ल्याङ्ग' निर्माण हुने
सारांश
- स्काइफल पिक्चर्सले फिल्म 'ल्याङ्ग ल्याङ्ग' निर्माण गर्ने भएको छ र यसको एक थिम पोष्टर सार्वजनिक गरेको छ ।
- युवा पुस्ताले प्रयोग गर्ने 'ल्याङ्ग ल्याङ्ग' शब्दको अर्थ 'किचकिच' वा तनाव हो, र फिल्मले युवाको कथा भन्नेछ ।
- पोस्टरले प्रेममा धोका पाएको प्रेमीको कथालाई संकेत गरेको छ, तर कलाकार र रिलिज मितिबारे भने केही खुलाइएको छैन ।
काठमाडौँ । फिल्म 'ल्याङ्ग ल्याङ्ग' निर्माण हुने भएको छ । स्काइफल पिक्चर्सले फिल्मको एक थिम पोष्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेको हो । फिल्म बलिराम चौहानले निर्देशन गर्दैछन् ।
‘हरेक युवाको कथा’ स्लोगन राखिएको फिल्मले युवाको कथा भन्नेछ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो । यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटकपटक गर्ने वा दोहोर्याएर दिने तनाव हो ।
थिम पोस्टरमा कुनै एक सहरको पार्कमा एउटा झोला, झोलामा हेडसेट, बाफ उडिरहेको कफी, कफीको बट्टामा लव साइन, छरिएका दुईटा डायरी र पेन । जिन्सको आउटर र कालो चस्मा र अलपत्र परेको बुके र सँगै रहेको गुड भाइब्स लेखिएको स्टिकर । तथा थिम पोस्टरमा रहेको ग्रे कलर । यी सबै कुराले अचानक प्रेममा धोका पाएको प्रेमीको कथा ‘ल्याङ्ग ल्याङ्ग’ले भन्ने संकेत गरेको छ ।
निर्देशक चौहानकै कथा रहेको फिल्म उपश्री खतिवडाले लेखेका छन् । कलाकार, प्राविधिक, छायाङ्कन, रिलिज डेटबारे अहिले केही बताइएको छैन ।
बलिराम चौहानको गत वर्षको ‘द ब्ल्यू लाइट’ फिल्म आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण