बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्माण क्षेत्रका लागि राहत प्याकेज र मूल्य समायोजन गर्न कांग्रेस सांसद थपलियाको माग

मङ्गलबार, १२ जेठ २०८३, १३ : ३७
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसकी सांसद सिता थपलिया 'उर्मिला'ले मध्यपूर्व तथा पश्चिम एसियामा जारी युद्धका कारण सिर्जित विश्वव्यापी मूल्यवृद्धिको प्रत्यक्ष असर नेपालको निर्माण क्षेत्रमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
  • उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै ढुवानी खर्च र निर्माण सामग्रीको लागतमा भएको वृद्धिले नेपालका विकास आयोजनाहरू सङ्कटमा परेको बताइन् ।
  • सांसद थपलियाले निर्माण व्यवसायीहरू दोहोरो–तेहोरो मारमा परेकाले तत्काल विशेष राहत प्याकेज ल्याउन, मूल्य समायोजन गर्न, बजार अनुगमन गर्न, भुक्तानी निकासा दिन, ब्याजदरमा सहुलियत दिन र साना व्यवसायीको संरक्षण गर्न सरकारसँग माग गरिन् ।

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया ‘उर्मिला’ले मध्यपूर्व तथा पश्चिम एसियामा जारी युद्धका कारण सिर्जित विश्वव्यापी मूल्यवृद्धिको प्रत्यक्ष असर नेपालको निर्माण क्षेत्रमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

प्रतिनिधि सभाको बैठकमा विशेष समयमा सांसद थपलियाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै ढुवानी खर्च र निर्माण सामग्रीको लागतमा भएको वृद्धिले नेपालका विकास आयोजनाहरू सङ्कटमा परेको बताइन् । उनले निर्माण व्यवसायीहरू दोहोरो–तेहोरो मारमा परेकाले तत्काल विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरिन् । 

सांसद थपलियाले युद्धका कारण सिमेन्ट, डण्डी, बिटुमिन, डिजेल तथा मेसिनरी सामग्रीहरूको मूल्य निरन्तर बढिरहेको बताइन् । ‘निर्माण व्यवसायीहरूले सम्झौता गर्दा अनुमान गरिएको लागत र वर्तमान वास्तविक लागतबिच ठुलो खाडल सिर्जना भएको छ,’ थपलियाले भनिन्, ‘यसले गर्दा धेरै आयोजनाहरू अधुरै रोकिएका छन् र व्यवसायीहरू कालोसूचीमा पर्ने जोखिम बढेको छ ।’

उनले थपलियाले राष्ट्रको आर्थिक मेरुदण्ड निर्माण क्षेत्रलाई जोगाइराख्न मूल्य समायोजन, बजार अनुगमन, भुक्तानी निकासा, ब्याजदरमा सहुलियत, विशेष राहत प्याकेज र साना व्यवसायीको संरक्षण गर्न पनि माग गरिन् ।

सांसद थपलियाले निर्माण उद्योग कमजोर हुनु भनेको देशको विकासको गति रोकिनु र अर्थतन्त्र सुस्त हुनु भएको बताइन् । उनले यो समस्या केवल निर्माण व्यवसायीको मात्र नभई लाखौँ श्रमिकको रोजगारी र समग्र राष्ट्र निर्माणसँग जोडिएको विषय भएकोले सरकारलाई संवेदनशील बन्न आग्रह गरिन् । 

अन्तर्राष्ट्रिय युद्धको असरलाई बहाना बनाएर विकास निर्माणका कामहरू रोकिन नदिन र संकटको समयमा उत्पादनशील क्षेत्रलाई जोगाउनु नै आजको राष्ट्रिय दायित्व भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप