इरानले अमेरिकी ड्रोन खसालेको दाबी
सारांश
- इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी एमक्यू-९ रीपर ड्रोन खसालेको दाबी गरेको छ ।
- इरानी सेनाले यसलाई आफ्नो हवाई क्षेत्रको उल्लङ्घन मानेर कारबाही गरेको र यसलाई वैध अधिकारको प्रयोग भएको बताएको छ ।
- अमेरिकाले यस दाबीबारे औपचारिक प्रतिक्रिया नदिएको र यस घटनाले तनावपूर्ण युद्धविराम झनै कमजोर भएको संकेत दिएको छ ।
तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको एक अमेरिकी ड्रोन खसालिएको दाबी गरेको छ ।
उक्त ड्रोनलाई शत्रुको विमानका रूपमा पहिचान गरेर कारबाही गरिएको बताइएको छ । आईआरजीसीका अनुसार खसालिएको ड्रोन एमक्यू–९ रीपर हो ।
इरानी सेनाले यसलाई आफ्नो हवाई क्षेत्र उल्लङ्घनको स्पष्ट प्रमाण भन्दै वैध र निश्चित अधिकार प्रयोग गरेर प्रतिक्रिया दिएको दाबी गरेको छ ।
इरानले यो पनि भनेको छ कि अमेरिका वा कुनै अन्य पक्षले युद्धविरामको उल्लंघन गरेमा प्रतिक्रिया दिने अधिकार सुरक्षित राखिएको छ। यसले हालको तनावपूर्ण युद्धविराम झनै कमजोर अवस्थामा पुगेको संकेत गरेको छ ।
हालसम्म अमेरिका पक्षले ड्रोन खसालिएको दाबीबारे औपचारिक प्रतिक्रिया दिएको छैन । यो घटनाअघि नै अमेरिकी सेनाले इरानका रकेट–लन्च साइटहरूमा रक्षात्मक कारबाही गरेको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण