इरान युद्धको असर : श्रीलङ्काले १ प्रतिशतले बढायो ब्याजदर
काठमाडौँ। इरानसँग सम्बन्धित युद्ध र त्यसले उत्पन्न गरेको ऊर्जा सङ्कटका कारण दक्षिण एसियाली देश श्रीलङ्काले आफ्नो मौद्रिक नीतिमा ठुलो परिवर्तन गरेको छ ।
देशको केन्द्रीय बैंकले नीतिगत ब्याजदर १०० आधार बिन्दु अर्थात् १ प्रतिशतले पोइन्टले बढाउँदै ८ दशमलव ७५ प्रतिशत पुर्याएको छ, जुन पछिल्ला तीन वर्षमा गरिएको सबैभन्दा ठुलो वृद्धि हो ।
सेन्ट्रल बैंक अफ श्रीलङ्का (सीबीएसएल)का अनुसार यो निर्णय बढ्दो मुद्रास्फीति र कमजोर हुँदै गएको मुद्रा विनिमय दरलाई नियन्त्रण गर्न आवश्यक भएको हो । पछिल्ला महिनाहरूमा तेलको मूल्य बढ्नु र विदेशी मुद्रा आपूर्तिमा दबाब आउनु ब्याजदर वृद्धिको मुख्य कारण रहेको बैंकले जनाएको छ ।
विश्लेषकहरूका अनुसार पश्चिम एसियामा जारी अमेरिका–इरान युद्धका कारण विश्व बजारमा ऊर्जा आपूर्ति अस्थिर बनेको छ, जसले श्रीलङ्काजस्ता तेल आयातमा निर्भर देशहरूलाई प्रत्यक्ष असर पारेको छ ।
इन्धनको मूल्य करिब ४० प्रतिशतले बढेको, आपूर्ति नियन्त्रण गर्नुपर्ने अवस्था आएको र हरेक हप्ता बुधबार सार्वजनिक बिदा दिनुपर्ने स्थिति समेत बनेको बताइएको छ ।
केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरसिंघेले ब्याजदर वृद्धि मुद्रास्फीति नियन्त्रण र विनिमय दर स्थिर बनाउन आवश्यक कदम भएको बताएका छन् । आर्थिक वृद्धि र मुद्रास्फीति दुवैलाई सन्तुलित बाटोमा राख्ने प्रयास भइरहेको पनि उनले उल्लेख गरे ।
यसअघि बजार विश्लेषकहरूले केवल २५ आधार बिन्दुले ब्याजदर बढ्ने अपेक्षा गरेका थिए । तर परिस्थितिको चापका कारण त्योभन्दा धेरै कडा नीति अपनाइएको हो। इरान युद्धका कारण श्रीलङ्काको मुद्रामा पनि ठुलो दबाब परेको छ। मार्चदेखि श्रीलङ्काली रुपैयाँ करिब ८ दशमलव ७ प्रतिशतले कमजोर भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण