सांसद साहको कटाक्ष : ट्याक्स युरोपको जस्तो, सुविधा सोमालियाको जस्तो भयो
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साहले सरकारले नागरिकसँग युरोपको स्तरको कर लिने तर सोमालियाको जस्तो सुविधा दिने गरेको आरोप लगाएका छन् ।
- सांसद साहले वार्षिक ५ लाखसम्मको कमाइमा लिइँदै आएको १ प्रतिशत करलाई बढाएर १० देखि १२ लाखसम्म पुर्याउन माग गरेका छन् ।
- उनले विगत ५ वर्षमा महँगी ३८-४०% बढेको र तलब १५% मात्र बढेकाले यसमा सन्तुलन मिलाउन सरकारलाई आग्रह गरेका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साहले सरकारले नागरिकसँग ट्याक्स (कर) युरोपको जस्तो लिने र सुविधा सोमालियाको जस्ते दिएको भन्दै कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा निवर्तमान श्रम तथा रोजगारमन्त्रीसमेत रहेका साहले ट्याक्स र सुविधामा मतैक्यता नभएको बताएका हुन् ।
‘दुःखका साथ भन्नु पर्ने भएको छ, अहिलेको सरकारले ट्याक्स युरोपको जस्तो लिइरहेको छ, सुविधा भने सोमालियाको जस्तो दिँदै आएको छ,’ सांसद साहले भने ।
उनले प्रजाको सुखमा सरकारको भलाइ हुने भन्दै सरकारले अहिले वार्षिक ५ लाखसम्मको कमाइमा लिँदै आएको १ प्रतिशत करसम्बन्धी व्यवस्था परिवर्तन गर्नुपर्ने माग गरे । ‘५ लाखसम्मको वार्षिक कर्माइमा १ प्रतिशत करको व्यवस्था छ । त्यो बढाएर यही बजेटबाट १० देखि १२ लाखसम्म गरियोस्,’ साहले भने ।
उनले विगत ५ वर्षदेखि महंगाइ ३८ देखि ४० प्रतिशत बढेको र बेतनमात्रै १५ प्रतिशतले बढेकाले त्यस अनुरुप अन्य विषयमा सन्तुलन मिलाउन आग्रह गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण