फागुनको मतक्रान्ति व्यवस्था होइन, अवस्था बदल्न हो : सचेतक परियार
बुधबार, १३ जेठ २०८३, १३ : ०८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले फागुनको निर्वाचनको जनादेश व्यवस्था बदल्न नभई नागरिकको अवस्था बदल्न भएको बताएका छन्।
- उनले गणतन्त्रमा पनि मधेसका १ लाख मुसहरले नागरिकता नपाएको र ६६ लाख सीमान्तकृत नेपाली गरिबी र विभेदमा रहेको दाबी गरे।
- सचेतक परियारले निमुखा, गरिब, भूमिहीन, अपाङ्गता भएका, महिला, दलित, कर्णाली, किसान र मजदुरको अवस्था बदल्न सरकारको ध्यानाकर्षण गराए।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले गत फागुनको निर्वाचन मार्फत प्राप्त जनादेश व्यवस्था बदल्न नभई नागरिकको अवस्था बदल्न भएको बताएका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सचेतक परियारले जनक्रान्तिको जगमा आएको गणतन्त्रमा आज पनि मधेसका १ लाख मुसहरले नागरिकता नपाएको दाबी गरे।
१९औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सचेतक परियारले मधेसका डोम, चमार खत्वे, मुसहर लगायत सीमान्तकृत ६६ लाख नेपाली अहिले पनि तन्नम गरिबी र विभेदको दुष्चक्रमा भएको बताउँदै पहिले निमुखा, गरिब, पहुँचविहीन, भूमिहीन, अपाङ्गता भएका, महिला, दलित, कर्णाली, किसान र मजदुरको अवस्था बदल्न सरकारको ध्यानाकर्षण गराएका हुन।
सचेतक परियारले सम्बाेधन मार्फत नेपाली जनतालाई १९औँ गणतन्त्र दिवसको शुभकामना समेत व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण