नेपालमा पर्यटकको औसत बसाइमा सुधार, खर्च भने कमजोर
बुधबार, १३ जेठ २०८३, १४ : २८
सारांश
- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सन् २०२५ मा ११ लाख ६२ हजार ३ सय ६५ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढी हो ।
- पर्यटकहरूको औसत बसाइ अवधि सन् २०२४ मा १३.३० दिनबाट बढेर १६.३४ दिन पुगेको छ ।
- पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आम्दानी ४.८ प्रतिशतले बढेर ८७ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ, तर प्रति पर्यटक प्रतिदिनको औसत खर्च भने ३३.०८ अमेरिकी डलरमा झरेको छ ।
काठमाडौँ । नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको सकारात्मक लयमा देखिएको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कले देखाएको छ । सन् २०२५ मा कुल ११ लाख ६२ हजार ३ सय ६५ विदेशी पर्यटकहरू नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतको वृद्धि हो ।
पर्यटकहरूको औसत बसाइ अवधिमा पनि उल्लेख्य सुधार आएको छ । सन् २०२४ मा १३.३० दिन रहेको बसाइ अवधि बढेर १६.३४ दिन पुगेको छ । यद्यपि प्रति पर्यटक प्रतिदिनको औसत खर्च भने ३३.०८ अमेरिकी डलरमा खुम्चिएको छ ।
सरकारले आगामी १० वर्षभित्र १२५ डलर पुर्याउने लक्ष्य राखेको छ । समग्रमा पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आम्दानी ४.८ प्रतिशतले बढेर ८७ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको सर्वेक्षणले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण