८५ प्रतिशत विद्यालयमा इन्टरनेट, विद्युत् ६९ प्रतिशतमा मात्रै
सारांश
- आर्थिक सर्वेक्षण २०८२-८३ अनुसार नेपालका ८५.४ प्रतिशत विद्यालयमा इन्टरनेटको पहुँच पुगेको छ भने ६९.६ प्रतिशतमा मात्रै विद्युतको पहुँच रहेको छ ।
- भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा ७ हजार ६ सय ७२ विद्यालयको निर्माण सम्पन्न भएको छ ।
- शैक्षिक सत्र २०८२ मा १५ लाख ४० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति र २७ लाख विद्यार्थीलाई दिवा खाजा कार्यक्रम उपलब्ध गराइएको छ ।
काठमाडौँ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले विद्यालयहरूमा अझै विद्युतको पहुँच नपुगेको तथ्याङ्क देखाएको छ । आर्थिक सर्वेक्षण २०८२–८३ ले नेपालका ८५.४ प्रतिशत विद्यालयमा इन्टरनेट पुगेको देखाएको हो । यस्तै, ६९.६ प्रतिशतमा विद्युतको पहुँच पुगेको देखाएको छ ।
आर्थिक सर्वेक्षणअनुसार भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा ठुलो सफलता देखाएको छ । ७ हजार ६ सय ७२ विद्यालयको निर्माण सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।
विद्यार्थी कल्याणका लागि शैक्षिक सत्र २०८२ मा १५ लाख ४० हजार भन्दा बढी सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति र २७ लाख विद्यार्थीलाई दिवा खाजा कार्यक्रम उपलब्ध गराइएको सर्वेक्षणमा रहेको छ ।
त्यस्तै जनशक्ति व्यवस्थापनतर्फ देशभर २ लाख ७१ हजार ३ सय ४४ शिक्षक कार्यरत रहेका छन् । जसमा महिला शिक्षकको अनुपात ४३.७ प्रतिशत रहेको छ । यस क्षेत्रमा शिक्षक–विद्यार्थी अनुपात सामुदायिक विद्यालयमा २४ र संस्थागतमा २९ रहेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
-
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
-
डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण