मुलुक अघि बढाउनेबारे प्रधानमन्त्रीको योजना सुन्न जनता आतुर छन् : पूर्वराष्ट्रपति
सारांश
- पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट सुन्न जनता आतुर रहेको बताएका छन् ।
- उनले गणतन्त्र दिवसको मञ्च टुँडिखेलबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नुपर्ने बताए ।
- उनले संविधान निर्माण गर्ने दलहरूले जनताको नाडी छाम्न नसकेका कारण रास्वपालाई जनताले मत दिएको धारणा राखे ।
काठमाडौँ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट सुन्न जनता आतुर रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा यादवले राष्ट्रको आगामी दिशा, गणतन्त्र, लोकतन्त्र, सङ्घीयता, समावेशी र सङ्घर्षको उपलब्धि लगायतका विषयमा प्रधानमन्त्रीको धारणा सुन्न जनता आतुर रहेको बताएका हुन् ।
अहिलेसम्म संसदबाट पनि सम्बोधन नभएको अवस्थामा गणतन्त्र दिवसको मञ्च टुँडिखेलबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नुपर्ने उनले बताए । उनले संसदीय प्रणालीमा संसदबाट निर्वाचित प्रधानमन्त्रीले संसदमा समेत आएर सम्बोधन गर्नुपर्ने उल्लेख गरे ।
पूर्वराष्ट्रपति यादवले संविधान, सङ्घीयता सहित समावेशी, समानुपातिक एवं धर्मनिरपेक्षताको बारेमा धेरै टीकाटिप्पणी भइरहेको अवस्थामा लोकतन्त्र र गणतन्त्रलाई सबलीकरण गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले संविधान निर्माण गर्ने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका दलहरूले बिचको अवधिमा जनताको नाडी छाम्न नसकेका कारण रास्वपालाई जनताले मत दिएको धारणा राखे । अब जनताले विश्वास गरेको दलले जनताको विश्वास जित्दै मुलुकको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण