इरान युद्धका कारण अमेरिकी सैन्य बजेटमा दबाब
सारांश
- इरानविरुद्धको सैन्य अभियानले अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) आर्थिक दबाबमा परेको छ ।
- सैन्य नेतृत्वले नियमित तालिम र मर्मत कार्य सञ्चालन गर्न कठिनाइ भएको भन्दै अमेरिकी कंग्रेससँग थप बजेट माग गरेको छ ।
- युद्धको हालसम्मको लागत करिब २९ अर्ब डलर पुगेको छ र वास्तविक कुल खर्च ४० देखि ५० अर्ब डलरसम्म पुग्न सक्ने अनुमान छ ।
वासिङ्टन डिसी । इरानविरुद्ध जारी सैन्य अभियानका कारण अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) आर्थिक दबाबमा परेको छ । नियमित तालिम र मर्मत कार्य सञ्चालन गर्नसमेत कठिनाइ हुन थालेपछि सैन्य नेतृत्वले अमेरिकी कंग्रेससँग थप बजेट माग गरेको छ ।
अमेरिकी नौसेनाका प्रमुख डेरिल काउड्लले यो महिनाको सुरुवातमा हाउस आम्र्ड सर्भिसेज कमिटीसमक्ष बोल्दै सन २०२६ को बजेटमा ‘अपरेशन एपिक फ्युरी’ समावेश नगरिएको बताएका थिए । उनका अनुसार त्यसको असर नियमित सैन्य गतिविधिहरूमा परेको छ ।
प्रशिक्षण अभ्यास, उडान तालिमका घण्टा तथा नयाँ भर्ती सैनिकहरूको तालिमसमेत सीमित गर्नुपरेको उनले बताए । ‘मैले रेकर्ड स्तरको भर्ती गरेको भएपनि अतिरिक्त बजेट नपाए ती सैनिकलाई बुट क्याम्पबाट अघि बढाउन र भर्ती तथा पुनः भर्ती बोनस दिन कठिन हुनेछ,’ काउड्लले सांसदहरूलाई भने ।
यसैबीच, अमेरिकी सेनाको करिब ७० हजार सैनिक र सयौँ ट्यांकको नेतृत्व गर्ने III Armored Corps ले आफ्नो प्रशिक्षण बजेट अप्रिलको अन्त्यमा झन्डै २९ करोड २० लाख डलरले घटाइएको आन्तरिक दस्ताबेजमा उल्लेख छ । पेन्टागनले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
पेन्टागनका कार्यवाहक वित्त प्रमुख जुल्स जे हस्र्ट तृतीयले मे १२ मा हाउस एप्रोप्रिएसन्स कमिटीसमक्ष युद्धको हालसम्मको लागत करिब २९ अर्ब डलर पुगेको बताएका थिए । यस अनुमानमा हतियार र नष्ट भएका विमानहरूको लागत मात्र समावेश गरिएको र सैन्य अड्डा पुनर्निर्माणको खर्च नसमेटिएको उनले स्वीकार गरेका थिए ।
सीएनएनका स्रोतहरूका अनुसार, युद्धको वास्तविक कुल खर्च ४० देखि ५० अर्ब डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण