छानबिन समितिले लियाे सुधन गुरुङको बयान
सारांश
- पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले बयान लिन सुरु गरेको छ ।
- गुरुङलाई दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा प्रारम्भिक बयान सुरु गरिएको हो ।
- वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठन भएको समितिले छानबिन अन्तिम चरणमा पुगेको दाबी गरेको छ ।
काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले बयान लिन सुरु गरेको छ । बुधबार गुरुङलाई समितिले बोलाएर प्रारम्भिक सोधपुछ गरेको हो ।
दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा गुरुङलाई बुधबार बोलाएर प्रारम्भिक बयान सुरु गरिएको समितिका एक जना सदस्यले रातोपाटीलाई बताए । उनले भने, ‘आज हामीले उहाँलाई बोलाएका थियौँ ।’
गुरुङसँगको बयान पुरा भएको छैन । भट्टको कम्पनीमा उनको नाममा देखिएको सेयरबारे प्रश्न उठेपछि वैशाख ९ मा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । रकमको श्रोतबारे प्रश्न उठेपछि उनले सापटी लिएर सेयर किनेको दाबी गरेका छन् । भट्टको कम्पनीमा उनले ५० लाख मूल्य बराबरको सेयर किनेको भेटिएको छ ।
मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो । १५ दिनको समय सीमा तोकिएको समितिले छानबिन अन्तिम चरणमा पुगेको दाबी गरेको छ । समितिका एक जना सदस्य भन्छन्, ‘प्रमाण आउने क्रम जारी छ तर, छानबिन अन्तिम चरणमा पुगेको छ ।’
अबको ४ दिनको बिदामा सकभर प्रतिवेदन लेखन सक्ने गरी काम भइरहेको समितिका सदस्यहरू बताउँछन् । एक सदस्य भन्छन्, ‘आज पनि प्रमाण आउने क्रम जारी छ, सकभर बिदामा प्रतिवेदन लेखन टुङ्ग्याउँछौँ ।’
छानबिन समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण