शतक बनाउन ३ रनले चुकेका सूर्यवंशीले तोडे क्रिस गेलको रेकर्ड
बुधबार, १३ जेठ २०८३, २० : ३७
काठमाडौँ । जारी आईपीएल २०२६ मा १५ वर्षीय वैभव सूर्यवंशीले विस्फोटक प्रदर्शन गर्दै नयाँ इतिहास रचेका छन् ।
उनले एकै सिजनमा सर्वाधिक ६३ छक्का प्रहार गर्दै क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
यसअघि गेलले सन् २०१२ को आईपीएलमा ५९ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए, गेल त्यतिबेला रोयल च्यालेन्जर्स बेंग्लोरमा आबद्ध थिए । तर बुभबार राजस्थान रोयल्सका ओपनर सूर्यवंशीले एलिमिनेटर खेलका क्रममा सनराइजर्स हैदरावादविरुद्ध यो कीर्तिमान बनाएका हुन् ।
साथै उनी २९ बलमा ९७ रन बनाएर आउट भएका छन् ।
आजको खेल जित्ने टोलीले प्रतियोगिताको फाइनल प्रवेशका लागि गुजरातसँग खेल्नुपर्ने छ भने हार्ने टोली बाहिरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण