बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सांसद राजीव खत्रीको चुनौती – अनुसन्धान मबाटै सुरु गर

बुधबार, १३ जेठ २०८३, २१ : ०७
बुधबार, १३ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा अराजकता फैलाएको भन्दै अनुसन्धान गर्नुपर्ने व्यक्तिहरूको सूचीमा नाम राखेपछि सांसद राजीव खत्रीले कडा प्रतिक्रिया दिएका छन् ।

आयोगले आफ्नो नाम सार्वजनिक गरेपछि सामाजिक सञ्जालमार्फत खत्रीले उक्त कदमलाई चुनौती दिँदै अनुसन्धानको सुरुवात आफूबाटै गर्न आह्वान गरेका हुन् । 

खत्रीले आफ्नो विज्ञप्तिमा देशमा बढ्दो तस्करी, भ्रष्टाचार, बलात्कार र हत्याका घटनामा मौन बसेको भन्दै राज्यका निकाय र आयोगको आलोचना गरेका छन् । उनले आफूले सधैँ विधिको शासन र मानव अधिकारका पक्षमा आवाज उठाएको दाबी गर्दै भनेका छन्, ‘मेरो संलग्नता पुष्टि भए जुनसुकै कारबाही भोग्न तयार छु ।’ 

आयोगले आन्दोलनका नाममा अराजकता मच्चाएको आरोप लगाइरहँदा खत्रीले भने आफू अन्याय र कुशासनविरुद्धको शान्तिपूर्ण विद्रोहको पक्षमा उभिएको स्पष्ट पारेका छन् । राज्यका निकायले आफ्ना कर्तव्य बिर्सेकाले नै आफूले कडा आवाज उठाउनु परेको उनको भनाइ छ ।

खत्री गत प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर – बाट निर्वाचित भएका हुन् । रास्वपा प्रवेश गर्नुअघि उनी पत्रकारका रूपमा टेलिभिजन कार्यक्रम चलाउँथे । 

rajiv

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप