ठूलो परिमाणमा सुन र नगदसहित पक्राउ परे सीआईएका पूर्व वरिष्ठ अधिकारी
सारांश
- अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका पूर्व वरिष्ठ अधिकारी डेभिड रस ठूलो परिमाणमा सुन, नगद र महँगा घडीसहित पक्राउ परेका छन्।
- एफबीआईले भर्जिनियास्थित उनको निवासबाट ४ करोड डलरभन्दा बढी मूल्यका ३०३ वटा सुनका बिस्कुट, २० लाख डलर नगद र ३५ वटा रोलेक्स घडी बरामद गरेको छ।
- रसले सरकारी कामको खर्च भन्दै ठूलो परिमाणमा सुन र विदेशी मुद्रा लिएको र सीआईएले सम्पत्तिको हिसाब फेला पार्न नसकेपछि आन्तरिक अनुसन्धान गरी एफबीआईले पक्राउ गरेको बताइएको छ।
भर्जिनिया । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका पूर्व वरिष्ठ अधिकारी डेभिड रस ठूलो परिमाणमा सुन, नगद र महँगा घडीसहित पक्राउ परेका छन्।
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले भर्जिनियास्थित उनको निवासमा छापा मार्दा ४ करोड डलरभन्दा बढी मूल्यका ३०३ वटा सुनका बिस्कुट बरामद गरेको जनाएको छ। प्रत्येक बिस्कुट करिब एक किलो तौलको रहेको बताइएको छ।
यसका साथै घरबाट २० लाख डलर नगद र ३५ वटा महँगा रोलेक्स घडीसमेत जफत गरिएको छ। अदालतमा पेश गरिएका दस्ताबेजअनुसार रसले सन् २०२५ नोभेम्बरदेखि २०२६ मार्चसम्म सरकारी कामको खर्च भन्दै ठूलो परिमाणमा सुन र विदेशी मुद्रा लिएका थिए।
सीआईएले उक्त सम्पत्तिको हिसाब फेला पार्न नसकेपछि आन्तरिक अनुसन्धान गरिएको थियो। त्यसपछि सीआईएका निर्देशक जोन र्याटक्लिफको सिफारिसमा एफबीआईले मे १९ मा रसलाई पक्राउ गरेको हो।
रसविरुद्ध सार्वजनिक धनको आपराधिक चोरी, झूटो विवरण पेश गरी सरकारी जागिर लिएको तथा नक्कली सैन्य बिदा प्रयोग गरेर भत्ता बुझेको आरोप लागेको छ। हाल उनी हिरासतमा रहेका छन् भने यसै साता अदालतमा सुनुवाइ हुने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण