नेपाल प्रहरीका १६ जना प्राविधिक इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
सारांश
- नेपाल प्रहरीका १६ जना प्राविधिक प्रहरी निरीक्षकहरूलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
- चिकित्सकतर्फ ९ जना, नर्सिङतर्फ १ जना, इन्जिनियरिङ/सूचना प्रविधितर्फ ५ जना र विधिविज्ञान उपसमूहतर्फ १ जना गरी जम्मा १६ जनाको नाम सिफारिस सूचीमा समावेश छ।
- प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयको बैठकले रिक्त पदहरूमा बढुवा सिफारिस सूची प्रकाशन गरेको हो।
काठमाडौँ। नेपाल प्रहरीको विभिन्न प्राविधिक समूहअन्तर्गत कार्यरत १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार प्राविधिक प्रहरी समूहका विभिन्न उप(समूहका रिक्त पदहरूमा बढुवा सिफारिस सूची प्रकाशन गरेको हो।
चिकित्सकतर्फ रिक्त ९ जना डीएसपी पदका लागि डा.अमित कुमार ठाकुर, डा. ऋतुराज बराल, डा. एलिना श्रेष्ठ, डा. प्रभाकर श्रेष्ठ, डा. रमन घिमिरे, डा. महादेव देउजा, डा. संजिव कुमार यादव, डा. सुवास चन्द्र गौतम, डा. रजनी महर्जन सिफारिस भएका छन् ।
नर्सिङतर्फ १ जना प्रहरी निरीक्षकलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ। नेपाल प्रहरी अस्पताल नर्सिङ विभागमा कार्यरत निरूषा महर्जन डीएसपीका लागि सिफारिस भएकी हुन् ।
ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि कम्प्युटरतर्फ ५ जना प्रहरी निरीक्षकहरू डीएसपी पदमा बढुवाका लागि सिफारिस भएका छन्। सिफारिस हुनेहरूमा बेचन कुमार यादव, संदिप कार्की, जय प्रकाश सिंह, सत्येन्द्र कुमार मिश्र र कृष्ण नाथ रहेका छन् ।
विधिविज्ञान उपसमूहतर्फ १ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा सिफारिस गरिएको छ। नेपाल प्रदेश प्रहरी कार्यालय विधिविज्ञान इकाई पोखरामा कार्यरत यमलाल बस्नेतलाई डीएसपी पदका लागि सिफारिस गरिएको हो।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण