अपडेट
सुनको मूल्य साढे ५ हजार रुपैयाँ घट्यो
बिहीबार, १४ जेठ २०८३, ११ : ०७
काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला २१५ रुपैयाँको गिरावट आएर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण