चन्द्रमाको दक्षिणी ध्रुवमा सतहमुनि बरफको सङ्केत
सारांश
- चन्द्रयान-२ अर्बिटरले चन्द्रमाको दक्षिणी ध्रुव नजिकका गहिरा क्रेटरहरूमा सतहमुनि बरफ रहेको बलियो सङ्केत फेला पारेको छ ।
- यो खोजका लागि चन्द्रयान-२ मा जडान गरिएको डुअल फ्रिक्वेन्सी सिन्थेटिक अपर्चर रडार (डीएफएसएआर) प्रविधि प्रयोग गरिएको थियो ।
- चन्द्रमामा पानीको उपस्थिति भविष्यका अन्तरिक्ष अभियानका लागि पिउन, अक्सिजन उत्पादन गर्न र रकेट इन्धन बनाउन उपयोगी हुनेछ ।
नयाँ दिल्ली । भारतको अन्तरिक्ष अनुसन्धान संस्था इसरोको चन्द्र अभियान चन्द्रयान–२ ले चन्द्रमाबारे एक महत्त्वपूर्ण वैज्ञानिक खोज गरेको छ । वैज्ञानिकहरूले चन्द्रमाको दक्षिणी ध्रुव नजिक रहेका गहिरा क्रेटरहरूभित्र सतहमुनि पानीको बरफ रहेको बलियो सङ्केत फेला पारेका छन् । यो खोज इसरोको चन्द्रयान–२ अर्बिटरबाट प्राप्त तथ्याङ्कका आधारमा गरिएको हो ।
यो अध्ययन अहमदाबादस्थित फिजिकल रिसर्च ल्याबोरेटरी (पीआरएल) का वैज्ञानिकहरूले गरेका हुन् । उनीहरूले चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा रहेका ती क्रेटरहरूको अध्ययन गरेका थिए, जहाँ कहिल्यै सूर्यको प्रकाश पुग्दैन । यी क्षेत्रलाई स्थायी रूपमा छायामा रहने क्षेत्र भनिन्छ । यहाँ तापक्रम माइनस २४८ डिग्री सेल्सियससम्म झर्ने भएकाले बरफ लामो समयसम्म सुरक्षित रहन सक्ने सम्भावना हुन्छ ।
कुन प्रविधि प्रयोग गरियो ?
यस अध्ययनमा चन्द्रयान–२ मा जडान गरिएको डुअल फ्रिक्वेन्सी सिन्थेटिक अपर्चर रडार (डीएफएसएआर) प्रयोग गरिएको हो । यो रडार चन्द्रमाको सतह र सतहमुनिको तह अध्ययन गर्न सक्षम छ । वैज्ञानिकहरूले रडारबाट प्राप्त सङ्केतहरूको विश्लेषण गर्दै सतहमुनि बरफ हुन सक्ने सम्भावना सबैभन्दा बढी देखिएको चार वटा क्रेटरहरू पहिचान गरेका छन् ।
अनुसन्धानका क्रममा वैज्ञानिकहरूले नयाँ विश्लेषणात्मक प्रविधि प्रयोग गरेका छन्, जसले रडार सङ्केत चट्टानबाट आएका हुन वा बरफबाट भन्ने छुट्टाउन मद्दत गर्छ । यसका लागि सर्कुलर पोलाराइजेशन रेसियो र डिग्री अफ पोलाराइजेशन नामका दुई सूचक प्रयोग गरिएको थियो ।
वैज्ञानिकहरूका अनुसार फाउस्टिनी क्रेटरभित्र रहेको करिब १ दशमलव १ किलोमिटर चौडा सानो क्रेटर सबैभन्दा बलियो दाबेदारका रूपमा देखिएको छ । जहाँ सतहमुनि बरफ भएको सङ्केत प्राप्त भएको छ ।
चन्द्रमामा पानीको उपस्थिति भविष्यका अन्तरिक्ष अभियानका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । वैज्ञानिकहरूका अनुसार यो पानी पिउन, अक्सिजन उत्पादन गर्न तथा रकेट इन्धन बनाउन प्रयोग गर्न सकिन्छ, जसले भविष्यमा चन्द्रमामा दीर्घकालीन मानव उपस्थिति सम्भव बनाउन सहयोग पुर्याउनेछ ।
हालैका वर्षहरूमा चन्द्रमाको दक्षिणी ध्रुव विश्वभरका अन्तरिक्ष मिसनहरूको प्रमुख केन्द्र बनेको छ । भारतको चन्द्रयान–२ ले सन् २०२३ मा यही क्षेत्र नजिक सफल अवतरण गरेर इतिहास रचेको थियो ।
सन् २०१९ मा चन्द्रयान–२ को ल्यान्डर सफल रूपमा अवतरण गर्न नसके पनि यसको अर्बिटर अझै सक्रिय छ र निरन्तर महत्त्वपूर्ण वैज्ञानिक तथ्याङ्क पठाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण