सदनदेखि शिखरसम्म : सङ्घीय संसद्को झण्डासहित सगरमाथा चढेका रास्वपा सांसद मिङ्मा डेभिड फर्किए काठमाडौँ
सारांश
- सङ्घीय संसद्को लोगो अंकित झण्डा बोकेर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा काठमाडौँ आइपुगेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शेर्पाले बुधबार बिहान ५:४० बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्।
- सदनदेखि शिखरसम्म भन्ने मूल नाराका साथ निस्किएका सांसद शेर्पाले सर्वोच्च शिखरमा संसद्को झण्डा फहराएर नेपालको संसद् र हिमालबिचको सम्बन्धको विशेष सन्देश विश्वसामु पुर्याएका छन्।
काठमाडौँ । सङ्घीय संसद्को ‘लोगो’ अंकित झण्डा बोकेर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा काठमाडौँ आइपुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सांसद रहेका शेर्पाले बुधबार बिहान ५ः४० बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। सफल आरोहण पूरा गरेर फर्किएका उनको स्वागत र खुसीयालीका बिच काठमाडौँ अवतरण भएको हो।
_0i2RhIPbap.jpg)
‘सदनदेखि शिखरसम्म’ भन्ने मूल नाराका साथ सगरमाथा आरोहणमा निस्किएका सांसद शेर्पाले यात्रा सुरु गरेको नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेका हुन्। उनले सर्वोच्च शिखरको चुचुरोमा नेपालको सङ्घीय संसद्को लोगो अंकित झण्डा फहराएर नेपालको संसद् र हिमालबिचको सम्बन्धको विशेष सन्देश विश्वसामु पुर्याएका छन्। संसद्को इतिहासमा बहालवाला सांसदले सगरमाथाको चुचुरोमा संसद्को झण्डा फहराएको यो सम्भवतः पहिलो घटना हो।
_PklESYF7eI.jpg)
३७ वर्षीय मिङ्मा ग्याबु शेर्पा पर्वतारोहण क्षेत्रमा नेपालमा मात्र नभई विश्वस्तरमै निकै परिचित नाम हुन्। पर्वतारोहण क्षेत्रमा ‘मिङ्मा डेभिड’ नामले चिनिने उनले यसअघि नै विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरूको सफल आरोहण गरेर संसारकै सबैभन्दा कान्छो आरोहीको विश्व कीर्तिमान समेत आफ्नो नाममा लेखाइसकेका छन्।
_xvRh3qJeJf.jpg)
हिमाल आरोहणको लामो अनुभव र विश्व कीर्तिमान कायम गरिसकेका शेर्पा राजनीतिक यात्रामा पनि सक्रिय छन्। उनी २०८२ सालमा भएको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनजाति समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण