अपडेट
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, १५ जेठ २०८३, ११ : ०८
सारांश
- नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
- बिहीबारको तुलनामा आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ ।
- चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ४० रुपैयाँ पुगेको छ ।
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।
जसअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार १४० रुपैयाँ कायम गरिएको छ ।
सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ३२० रुपैयाँ ५० पैसा रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव परेको महासंघले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण