शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ओम प्रतीक निर्देशित ‘हली’ साउनमा

शुक्रबार, १५ जेठ २०८३, १२ : २९
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • ओम प्रतीक निर्देशित फिल्म ‘हली’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
  • फिल्मका मुख्य कलाकारहरु ओमप्रतिक, सरोज खनाल, प्रमोद दीप र सुजता थापा रिसाहा लुक्समा देखिएका छन् ।
  • यो फिल्मले समाज एवं देशमा परिवर्तन ल्याउनका लागि एक जना हली नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्छ ।

काठमाडौँ । ओम प्रतीक निर्देशित फिल्म ‘हली’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार फिल्मका एकसाथ दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरु ओमप्रतिक, सरोज खनाल, प्रमोद दीप र सुजता थापा रिसाहा लुक्समा देखिएका छन् । उनीहरूको पछाडि एक घरको दैलोमा भित्र र बाहिर दुई महिला थाल बोकेर बसेका छन् । यसले नारीको वेदना कथाले भन्न खोजेको छ ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्म वास्तविक जीवनका घटनाहरूबाट प्रेरित बताइन्छ । फिल्मले समाज एवं देशमा परिवर्तन ल्याउनका लागि एक जना हली नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्छ ।

पूजा गुरुङ र जश्मिन श्रेष्ठ निर्माता रहेको फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक प्रतीकको पनि मुख्य अभिनय छ । फिल्ममा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति छ ।

कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी रहेको फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत छ । फिल्म वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप