रामेछापकी २५ वर्षीया सरिता म्यागेन लामाले गरिन् सगरमाथाको सफल आरोहण
सारांश
- रामेछापकी २५ वर्षीया सरिता म्यागेन लामा (घिसिङ) ले मे २७ तारिखका दिन बिहान ५:१५ बजे सगरमाथाको शिखरमा पाइला टेकेकी छिन्।
- सगरमाथा आरोहणको पूर्वतयारी स्वरूप उनले अप्रिल १० मा लोबुचे हिमालको समेत सफल आरोहण गरेकी थिइन्।
- सरिताले आफ्नो सफलतालाई नेपालको साहसिक पर्यटन र पर्वतारोहण क्षेत्रको प्रवर्द्धनमा लगाउने लक्ष्य राखेकी छिन्।
काठमाडौँ । रामेछाप जिल्लाको लिखुतामाकोशी–५ निवासी २५ वर्षीया सरिता म्यागेन लामा (घिसिङ) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन्। उनले मे २७ तारिखका दिन बिहान ५:१५ बजे सगरमाथाको शिखरमा पाइला टेकेकी हुन्।
अदम्य साहस र दृढ सङ्कल्पकी प्रतिमूर्ति सरिताले सगरमाथा आरोहणको पूर्वतयारी स्वरूप सोही वर्षको अप्रिल १० मा लोबुचे हिमालको समेत सफल आरोहण गरेकी थिइन्।
सरिताले आफ्नो यस सफलतालाई नेपालको साहसिक पर्यटन र पर्वतारोहण क्षेत्रको प्रवर्द्धनमा लगाउने लक्ष्य राखेकी छिन् ।
नेपालमा लुकेर रहेका प्राकृतिक सौन्दर्य र यस क्षेत्रमा रहेका अपार अवसरहरूलाई विश्वसामु चिनाउन आफू प्रतिबद्ध रहेको उनले बताएकी छिन् ।
आरोहणपछि आफ्नो उद्देश्य स्पष्ट पार्दै उनले भनिन्,‘म मेरो यो उपलब्धिमार्फत नेपालको साहसिक पर्यटनलाई प्रवर्द्धन गर्न र विशेष गरी महिलाहरूलाई साहसका साथ अघि बढ्दै असम्भव देखिने लक्ष्यहरू पछ्याउन प्रेरणा दिन चाहन्छु ।’
सानै उमेरमा सगरमाथाको सफल आरोहण गरेर सरिताले नेपाली महिलाहरूको साहसलाई पुनः एकपटक विश्व शिखरमा पुर्याएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण