नयाँ बजेट
११ तहको भन्सार दर ७ तहमा सीमित
शुक्रबार, १५ जेठ २०८३, १६ : २६
सारांश
- अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेटमार्फत विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरेका छन् ।
- उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए ।
- उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् ।
उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए । उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।
मुलुक अहिले बृहत् आर्थिक सुधारको निर्णायक मोडमा रहेको उनले उल्लेख गरे । उनले विद्यमान विभिन्न चुनौतीलाई अवसरमा बदल्ने नै यो बजेटको उद्देश्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण