बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय महिला भलिबल : घरेलु मैदानमा नेपाल पदकविहीन

शुक्रबार, १५ जेठ २०८३, १६ : ४१
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा घरेलु टोली नेपाल पदकविहीन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको तेस्रो स्थानको प्रतिस्पर्धामा भारतसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो।

भारतले नेपाललाई पहिलो सेट २५-२२ ले पराजित गर्‍यो भने खेलको दोस्रो सेट २५-२३ ले जित्यो । त्यसैगरी खेलको तेस्रो सेटमा नेपाल २५-१५ ले जित्यो । खेलको चौथो सेट भने भारतले नेपालमाथि २५-२२ को जित निकाल्यो ।

यस जितसँगै भारतले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दा नेपाल भने चौथो स्थानमा रह्यो । यसअघि हिजो भएको सेमिफाइनलमा इरानसँग नेपाल ३-० को सेटमा पराजित भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप