सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारको बजेटबारे बाबुराम भट्टराईको प्रश्न– ‘संरचनात्मक सुधारको नयाँ चरण’ कसरी पूरा होला ?

शुक्रबार, १५ जेठ २०८३, १९ : ५५
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आकर्षित खालको भएको बताएका छन् । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्वप्रधानमन्त्री भट्टराईले नीतिगत रूपमा नयाँ प्रविधिमैत्री पुस्ता, निजी क्षेत्र, विदेशमा बस्ने नेपाली, कर्मचारी आदिलाई बढी आकर्षित गर्ने खालको बजेट आएको बताए । 

उनले लेखेका छन्,‘मलाई पनि निजी रूपमा बुढीगण्डकी परियोजना लामो अन्योल र आशङ्का पछि मैले सुरुमा प्रस्ताव गरे झैँ ‘अधिकार सम्पन्न प्राधिकरण’ मार्फत निर्माण गर्ने कुराले केही सन्तोष दिएको छ । परन्तु गहिराइमा गएर बजेटको समग्र संरचनात्मक ढाँचा (आय–व्ययको अनुपात, राजस्वको श्रोत, क्षेत्रगत विनियोजन, वित्तीय सङ्घीयता आदि) हेर्दा निरन्तरतामा क्रमभंगता खासै दृष्टिगोचर हुन्न ।’

बजेट वक्तव्यमा भनिए जस्तो ‘संरचनात्मक सुधारको नयाँ चरण’ कसरी पूरा होला भन्दै उनले प्रश्न समेत गरे । 

सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप