मेचीनगरमा १०० आवासीय भवन निर्माण गरिने
शनिबार, १६ जेठ २०८३, ०० : ५८
सारांश
- मेचीनगरमा १०० आवासीय भवन निर्माण गरिने भएको छ।
- आर्थिक वर्ष २०८३/८४ को बजेटमा परियोजनाको उल्लेख छ।
- राष्ट्रिय आवास कम्पनीले जग्गा व्यवस्थापन गर्दै आएको छ।
झापा । सरकारले मेचीनगर–८ मा राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा १०० भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को बजेटमा उक्त परियोजना अन्तर्गत भवन निर्माण गरिने उल्लेख छ । मेचीनगरमा २०४९ सालदेखि सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले सार्वजनिक जग्गाको व्यवस्थापन गर्दै आएको छ ।
मेचीनगर–८ स्थित जोरसिमल क्षेत्रमा कम्पनीको पूर्णस्वामित्वको लगभग चार बिघा जग्गा रहेको छ । विगतदेखि नै उक्त जग्गामा आवासीय भवन निर्माण गर्ने कम्पनीको योजना भए पनि यसअघि योजना कार्यान्वयनमा आएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण