फूड प्वाइजनिङको खतरा बढ्यो ! ब्याक्टेरियामा एण्टिबायोटिक औषधि प्रभावहीन बन्दै गएको खुलासा
सारांश
- जलवायु परिवर्तनले ब्याक्टेरियामा एण्टिबायोटिक प्रतिरोध बढाएकोले फूड प्वाइजनिङको खतरा बढेको छ ।
- वैज्ञानिकहरूले १३९ देशका ४ लाख ८० हजारभन्दा बढी साल्मोनेला नमूनाहरूको विश्लेषण गरी यो निष्कर्ष निकालेका हुन् ।
- मध्यपूर्व, उत्तर अफ्रिका, दक्षिण एसिया र उप–सहारा अफ्रिकामा यसको सबैभन्दा बढी असर देखिएको छ ।
काठमाडौँ । ब्याक्टेरियामाथि एण्टिबायोटिक औषधिहरूको असर कम हुँदै गएकोले फूड प्वाइजनिङको खतरा तीव्र रूपमा बढिरहेको एक नयाँ अध्ययनले देखाएको छ । विश्वव्यापी रूपमा जलवायु परिवर्तन अब केवल मौसम वा वातावरणको समस्या मात्र नभई मानव स्वास्थ्यका लागि पनि ठुलो चुनौती बन्दै गएको छ ।
नयाँ अध्ययनअनुसार बढ्दो तापक्रम र बदलिँदो वर्षाको ढाँचाले ब्याक्टेरियालाई अझ खतरनाक बनाइरहेका छन् । जसका कारण एण्टिबायोटिक औषधिहरूको प्रभाव घट्दै गएको छ र सङ्क्रमणको उपचार झनै कठिन बन्दै गएको छ । यो अनुसन्धान विशेषगरी फूड प्वाइजनिङजस्ता रोगहरूको प्रमुख कारण मानिने साल्मोनेला ब्याक्टेरियामाथि केन्द्रित थियो । वैज्ञानिकहरूका अनुसार समयमै उचित कदम नचालिए भविष्यमा यो समस्या अझ गम्भीर बन्न सक्छ ।
के भन्छ नयाँ अध्ययन ?
यो अध्ययन बेलायत, फ्रान्स, अस्ट्रेलिया, स्विट्जरल्याण्ड र चीनका वैज्ञानिकहरूले संयुक्त रूपमा गरेका हुन् । अध्ययन अनुसार सन १९४० देखि २०२३ बिच जलवायु परिवर्तनका कारण साल्मोनेलामा एण्टिबायोटिक प्रतिरोध जिन करिब १० प्रतिशतले बढेको छ । यो अनुसन्धान मेडिकल जर्नल ल्यान्सेट प्लैनेटरी हेल्थमा प्रकाशित भएको छ । वैज्ञानिकहरूले १३९ देशबाट सङ्कलित ४ लाख ८० हजार लाखभन्दा बढी साल्मोनेला नमूनाहरूको विश्लेषण गरेका थिए । यसमा तापक्रम, वर्षा र ब्याक्टेरियामा रहेका प्रतिरोधी जिनबिचको सम्बन्ध अध्ययन गरिएको थियो ।
किन खतरनाक छ एण्टिबायोटिक प्रतिरोध ?
एण्टिबायोटिक प्रतिरोध भनेको ब्याक्टेरियाले औषधिको असरबाट जोगिन सक्ने क्षमता विकास गर्नु हो । यस्तो अवस्थामा सामान्य सङ्क्रमणको उपचार समेत कठिन हुन्छ । विश्वभर प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसहरूको मृत्यु एण्टिबायोटिक प्रतिरोधसँग सम्बन्धित समस्याका कारण हुने अनुमान गरिएको छ । विशेषज्ञहरूका अनुसार एण्टिबायोटिक औषधिको अत्यधिक र गलत प्रयोग यसको प्रमुख कारण हो । तर अब जलवायु परिवर्तनले पनि यो जोखिमलाई तीव्र रूपमा बढाइरहेको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार बढ्दो तापक्रम र बदलिँदो मौसमले ब्याक्टेरियाको बाँच्ने, फैलिने र छिटो परिवर्तन हुने क्षमतालाई असर गर्छ । यसले ब्याक्टेरियाबीच एण्टिबायोटिक प्रतिरोधी जिनको आदानप्रदान पनि बढाउँछ । अध्ययनमा ८२ प्रतिशत देशहरूमा साल्मोनेलाका प्रतिरोधी जिनहरू बढेको देखिएको छ ।
सबैभन्दा बढी असर मध्यपूर्व, उत्तर अफ्रिका, दक्षिण एसिया र उप–सहारा अफ्रिकामा देखिएको वैज्ञानिकहरूले बताएका छन् । समयमै नियन्त्रणका उपायहरू अपनाइएन भने भविष्यमा फूड प्वाइजनिङ र अन्य ब्याक्टेरियाजन्य रोगहरू अझ घातक बन्न सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण