गैर–नाफामूलक संस्थाहरूलाई सरकारको राहत: दान र चन्दाको आम्दानीमा कर मिनाहा
सारांश
- सरकारले गैर–नाफामूलक संस्थाहरूलाई दान, चन्दा तथा उपहार बापतको रकमबाट सिर्जित करयोग्य आयमा लाग्ने कर, ब्याज र शुल्कमा पूर्ण मिनाहा दिने भएको छ ।
- यो सुविधा प्राप्त गर्नका लागि संस्था दर्ता ऐन, २०३४ वा अन्य प्रचलित कानुन बमोजिम दर्ता भएको र सम्पत्ति नेपाल सरकारको हुने गरी विधानमा व्यवस्था गरेको हुनुपर्नेछ ।
- केवल दान–चन्दामा निर्भर संस्थाहरूले आय विवरण पेस गर्नु नपर्ने व्यवस्था पनि गरिएको छ ।
काठमाडौँ । सरकारले गैर–नाफामूलक संस्थाहरूलाई लक्षित गर्दै कर, ब्याज तथा शुल्क मिनाहाको विशेष व्यवस्था गरेको छ । सरकारले ल्याएको नयाँ आर्थिक विधेयक अनुसार निश्चित सर्त पूरा गर्ने संस्थाहरूले यस्तो सुविधा पाउने भएका हुन् ।
संस्था दर्ता ऐन, २०३४ वा अन्य प्रचलित कानुन बमोजिम दर्ता भएका र संस्था खारेजी हुँदा बाँकी रहेको सम्पत्ति नेपाल सरकारको हुने गरी विधानमा व्यवस्था गरेका गैर–नाफामूलक संस्थाहरूले यो सुविधा उपयोग गर्न पाउनेछन् ।
आयकर ऐन, २०५८ बमोजिम कर छुट पाउने संस्थाका रूपमा दर्ता भएको वा नभएको भए तापनि त्यस्ता संस्थाले आर्थिक वर्ष २०८२–८३ र सोभन्दा अगाडिको दान, चन्दा तथा उपहार बापतको रकमबाट सिर्जित करयोग्य आयमा लाग्ने कर, ब्याज र शुल्कमा पूर्ण मिनाहा पाउनेछन् ।
यो सुविधा प्राप्त गर्नका लागि सम्बन्धित संस्थाले संवत् २०८३ साल पुस मसान्तभित्र आर्थिक वर्ष २०८२-८३ को आय विवरण दाखिल गरिसक्नु पर्नेछ ।
त्यसैगरी, सरकारले साना वा केवल दान–चन्दामा निर्भर संस्थाहरूलाई थप सहजता प्रदान गरेको छ । यदि कुनै संस्थाको आम्दानीको स्रोत दान, चन्दा तथा उपहार मात्र रहेको छ भने त्यस्ता संस्थाले आय विवरण समेत पेस गर्नु नपर्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण