कोशी प्रदेशसभाको गतिरोध अन्त्य, बजेटका प्राथमिकता र सिद्धान्त पेस
सारांश
- कोशी प्रदेशसभामा जेठ १२ गतेदेखि जारी अवरोध दलहरूबिचको सहमतिसँगै अन्त्य भएको छ ।
- सभामुखले नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको भन्ने घोषणा सच्याएपछि गतिरोध अन्त्य भएको हो ।
- बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।
विराटनगर । कोशी प्रदेशसभामा जेठ १२ गतेदेखि जारी अवरोध दलहरूबिचको सहमतिसँगै अन्त्य भएको छ । प्रदेशसभाको बैठक बस्नु अगाडि आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरूबिच गतिरोध अन्त्य गर्ने सहमति भएको हो ।
प्रदेश सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम प्रदेशसभाले सर्वसम्मत ढङ्गले पारित भएको भन्ने सभामुखको घोषणा सच्याउने र उक्त सहमति सभामुखले प्रदेशसभाको बैठकमा वाचन गर्ने सहमति भएसँगै गतिरोध अन्त्य भएको हो । सो सहमति अनुरूप सभामुख अम्बर बहादुर विष्टले सभामा पढेर सुनाएका थिए ।
विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले आफूहरूको असहमतिका बाबजुद नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेको र नीति तथा कार्यक्रममाथि संशोधनको समय नदिई पारित भएको घोषणा गरिएको विषयमा सच्याउन माग गदै त्यसयता प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको थियो ।
जसका कारण प्रदेश सरकारले बजेट ल्याउनु १५ दिन अगाडि सदनमा पेस गर्नुपर्ने बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्न सकेको थिएन । यो गतिरोध अन्त्य भएसँगै प्रदेशसभामा बजेटका प्राथमिकता र सिद्धान्त पेस भएको छ र छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण