राष्ट्रपति रनिङ शिल्ड कोशी छनोट प्रतियोगिता इटहरीमा
सारांश
- कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता इटहरीमा हुने भएको छ।
- प्रतियोगितामा ६ विधाका खेल समावेश छन् र करिब १७०० खेलाडी सहभागी हुनेछन्।
- उत्कृष्ट खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्नेछन्।
सुनसरी । कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आइतबार सोमबार इटहरीस्थित प्रादेशिक रङ्गशालामा सञ्चालन हुने जानकारी दिएको हो ।
प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका खेल समावेश गरिएका छन् । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका टोलीको सहभागिता रहने बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा करिब एक हजार ७०० खेलाडी तथा अफिसियल सहभागी हुनेछन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आगामी जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा हुने राष्ट्रपति रनिङ शिल्डको १६औँ राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन् । प्रशिक्षक तथा व्यवस्थापकसहित ११५ जनाको टोली राष्ट्रिय प्रतियोगिताका लागि छनोट गरिने जनाइएको छ । सदस्यसचिव घोषले सीमित समय र विभिन्न चुनौतीका बाबजुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिएको बताउनुभयो । प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोको अध्यक्षतामा ४८ सदस्यीय मूल समारोह समिति गठन गरिएको उनले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि प्राविधिक समिति, खेलाडी उजुरी छानबिन समिति, खेलस्थल व्यवस्थापन उपसमिति, आवास तथा बसोबास उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, यातायात व्यवस्था उपसमिति, स्वास्थ्य व्यवस्थापन उपसमिति, अतिथि सत्कार उपसमिति तथा प्रचारप्रसार उपसमितिलगायत विभिन्न समिति गठन गरिएको बोर्डले जनाएको छ । प्रतियोगिताका लागि करिब रु दुई करोड १० लाख खर्च हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण