प्रचण्डको अवस्था सुधारोन्मुख, भोलिसम्म डिस्चार्ज हुने
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।
- रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो ।
- नेता रामप्रसाद सापकोटा दीपशिखाले प्रचण्डको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र सोमबारसम्म डिस्चार्ज हुने बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सुधारोन्मुख देखिएको छ । चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका थिए । चिकित्सकहरूले अहिले भेटघाट नगर्न सल्लाह दिएका दिएका थिए ।
आइतबार प्रचण्डलाई भेट्न पुगेका नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । सोमबारसम्म उनी डिस्चार्ज हुने दीपशिखाले बताए ।
‘स्वास्थ्य अवस्था सुधारोन्मुख छ । हल्का निमोनिया देखिएपछि अहिले उपचार चलिरहेको छ। भोलिसम्म हस्पिटलमै बसेर डिस्चार्ज हुनुहुन्छ । बाहिर आएको जस्तो गम्भीर अवस्था छैन’, उनले भने ।
अस्वस्थका कारण प्रचण्ड जेठ १५ गते टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोह र सङ्घीय संसद्को बजेट अधिवेशनमा पनि सहभागी भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण