तुरुन्तै विद्युतीय युगमा जान सकिँदैन : प्रधानमन्त्री
आइतबार, १७ जेठ २०८३, १४ : १०
सारांश
- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मुलुक तुरुन्तै विद्युतीय युगमा प्रवेश गर्न नसकिने बताएका छन् ।
- उनले सबैले अहिले नै विद्युत् प्रयोग गरेर चुलो चलाउँदा भार थेग्न नसक्ने तथा ट्रान्सफरमर पड्किने बताए ।
- प्रधानमन्त्रीले भिजिट भिसा दुरुपयोग नियन्त्रण गर्न सम्बद्ध निकाय मन्त्रालय र विभागलाई निर्देशन दिइएको जानकारी गराए ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मुलुक तुरुन्तै विद्युतीय युगमा प्रवेश गर्न नसकिने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद खुस्वु ओलीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सबैले अहिले नै विद्युत् प्रयोग गरेर चुलो चलाउँदा भार थेग्न नसक्ने तथा ट्रान्सफरमर पड्किने बताए ।
‘हामी तुरुन्तै विद्युतीय युगमा जान सकिँदैन । ट्रान्सफर्मर पड्कन्छन्’, प्रधानमन्त्री शाहले भने, ‘विद्युतमा ५ प्रतिशत भ्याट लगाउने कुरा ठुलो होइन ।’ उनले विद्युतका भौतिक संरचनाको अपग्रेड गरेपछि सबैले विद्युतीय चुलो प्रयोग गर्न सक्ने अवस्थाका बारेमा सरकारले सोचिरहेको बताए ।
त्यसैगरी प्रधानमन्त्रीले भिजिट भिसा दुरुपयोग नियन्त्रण गर्न सम्बद्ध निकाय मन्त्रालय र विभागलाई निर्देशन दिइएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण