पूर्वप्रधानमन्त्री भट्टराईको प्रधानमन्त्री शाहलाई सुझाव– अप्रिय सत्य नबोल
आइतबार, १७ जेठ २०८३, २० : ५४
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन शाहलाई अप्रिय सत्य नबोल्न सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहलाई उक्त सुझाव दिएका हुन् ।
देश र जनताले धेरै आशा गरेका युवा इन्जिनियर प्रधानमन्त्रीलाई मित्रवत् सुझाव भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन्,संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो। राम्रो गर्नुभयो। पदमा बहाल रहुन्जेल हाम्रो नीति शास्त्रको यो पद्यांश निरन्तर स्मरण गर्दा राम्रो होला । ‘सत्यं ब्रुयात् प्रियं ब्रुयात्,न ब्रुयात् सत्यमप्रियं !(सत्य बोल प्रिय बोल, अप्रिय सत्य नबोल !)
प्रधानमन्त्री शाहले आइतबार संसद्मा भारतले मात्रै नेपालको सीमा नमिचेर नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण