रास्वपाद्वारा रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक घोषणा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक घोषणा गरेको छ।
- भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा सभापति लामिछाने सोमबारदेखि जुन ५ तारिखसम्म भारत भ्रमणमा जान लागेका हुन्।
- भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ताहरू गर्नेछन् र भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नेछन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक घोषणा गरेको छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा सभापति लामिछाने सोमबारदेखि देखि जुन ५ तारिखसम्म भारतको भ्रमणमा जान लागेको रास्वपाले घोषणा गरेको हो ।
रास्वपा प्रवक्ता मनिष झाद्वारा आइतबार राति अबेर जारी प्रेस विज्ञप्तिमा पाँच दिने भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ताहरू गर्ने उल्लेख छ। भ्रमणको मुख्य आकर्षण भाजपाको शीर्ष नेतृत्वसँगको छलफल रहने उनको भनाइ छ । राजनीतिक भेटघाटका अतिरिक्त लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उनले अयोध्याको व्यक्तिगत भ्रमण समेत गर्ने विज्ञप्तिमा उल्लेख छ।
सभापति लामिछानेसँगै भ्रमणमा जाने आधिकारिक प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य एवं पार्टीका सह(महामन्त्री बिपिन कुमार आचार्य, प्रतिनिधि सभा सदस्य एवं सचिवालय सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनेछन् ।
लामिछानेको यो उच्चस्तरीय भ्रमणका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको पार्टीले जनाएको छ। आजै भारतीय जनता पार्टीले समेत लामिछानको भारत भ्रमणबारे जानकारी गराएको थियो । लगत्तै रास्वपाले पनि लामिछाने भारत जान लागेकोबारे औपचारिक घोषणा गरेको हो । यसअघि पार्टीले औपचारिक च्यानलबाट रविको भारत भ्रमणबारे कुनै जानकारी गराएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण