बेलायतमा पहिलो धार्मिक भेला सम्पन्न, सन् २०२७ मा पहिलो आध्यात्मिक महोत्सव आयोजना हुने
सारांश
- पश्चिम लन्डनमा आयोजित धार्मिक तथा सांस्कृतिक भेलाले नेपाल कल्चरल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।
- भेलाले सन् २०२७ मा लन्डनमा पहिलो पटक आध्यात्मिक महोत्सव आयोजना गर्ने घोषणा गरेको छ ।
- भेलाले नेपाली कल्चर सेन्टर यूकेको नयाँ संयोजकको जिम्मेवारी चिरन शर्मालाई सुम्पिएको छ ।
लन्डन । पश्चिम लन्डनमा आइतबार आयोजित एक धार्मिक तथा सांस्कृतिक भेलाले त्यहाँ नेपाल कल्चरल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।
भेलाले आगामी सन् २०२७ मा लन्डनमा पहिलो पटक भव्य आध्यात्मिक महोत्सव आयोजना गर्ने घोषणा समेत गरेको छ ।
कार्यक्रममा धर्म दर्शन सांस्कृतिक केन्द्रका संस्थापक पण्डित कुबेर सुवेदीले सनातन धर्म र संस्कृतिको संरक्षणका लागि बहुउद्देश्यीय सांस्कृतिक तथा आध्यात्मिक केन्द्र आवश्यक रहेको बताए । प्रमुख अतिथि एवं बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले यो केन्द्र सम्पूर्ण समुदायको साझा सपना भएको उल्लेख गर्दै यसलाई सुरुदेखि नै बहुउद्देश्यीय बनाउन सुझाव दिए ।
त्यस्तै पण्डित नीलहरि घिमिरे र गुरु चिरञ्जीवी ढकालले समाज एकजुट भए मन्दिर निर्माणको सपना साकार हुने विश्वास व्यक्त गरे । कार्यक्रमका सभापति सहदेव गिरीले पशुपतिनाथ मन्दिर स्थापनाको अनुभव साझा गर्दै प्रस्तावित केन्द्रमा विभिन्न आध्यात्मिक गतिविधि, पुस्तकालय र क्यान्टिनको व्यवस्था गर्ने परिकल्पना रहेको जानकारी दिए । भेलाले नेपाली कल्चर सेन्टर यूकेको नयाँ संयोजकको जिम्मेवारी चिरन शर्मालाई सुम्पिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो विवाह गरेकी महिलाले पहिलो पतिसँग रात बिताएपछि...
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा २ लाख ५० हजारभन्दा बढी विस्थापित
-
बेलायती प्रधानमन्त्रीले भने : आवश्यक परे ट्रम्पको खुलेर विरोध गर्न तयार छु
-
गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन
-
कोदारी राजमार्ग १० दिनदेखि अवरुद्ध, स्थानीय आक्रोशित
-
पारामेडिक्सका नीतिगत अन्योल हटाउन सीएमए सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण