सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
सशस्त्र प्रहरी विद्यालय ११ करोड हिनामिना प्रकरण

इन्सपेक्टर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न १० दिन म्याद थप

आइतबार, १० साउन २०८३, १६ : २१
आइतबार, १० साउन २०८३

सारांश

  • सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा इन्सपेक्टर कल्पना गुरुङ र लीलाबहादुर लामालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
  • सशस्त्र प्रहरीको आन्तरिक छानबिनले इन्सपेक्टरकै योजनामा हिनामिना भएको निष्कर्ष निकालेको छ ।

काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न विशेष अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले दुवै जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ । यसअघि प्रहरीले ठगी तथा आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ। सशस्त्र प्रहरीकै पत्रका आधारमा उनीहरू गत २० असारमा पक्राउ परेका थिए ।

सशस्त्र प्रहरीले आन्तरिक रूपमा छानबिन गरेको थियो। छानबिनमा इन्सपेक्टरकै योजनामा हिनामिना भएको निष्कर्ष निकालेको छ। यसमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिगबिजय सुवेदी, भूपेन्द्र केसी तथा रामजंग पाण्डेको पनि चरम लापरबाही देखिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप