कोदारी राजमार्ग १० दिनदेखि अवरुद्ध, स्थानीय आक्रोशित
आइतबार, १० साउन २०८३, १६ : ३८
सारांश
- सिन्धुपाल्चोकमा पहिरोका कारण कोदारी राजमार्ग विगत १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
- राजमार्ग ठप्प हुँदा आवतजावतमा समस्या हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ ।
- सडक सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा पूर्वाधार विकासमन्त्री र कानूनमन्त्रीले स्थलगत अनुगमन गरेका छन् ।
सिन्धुपाल्चोक । पहिरोका कारण कोदारी राजमार्ग विगत १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । राजमार्ग ठप्प हुँदा आवतजावतमा समस्या हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ ।
अवरुद्ध राजमार्गको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्थलगत अनुगमन गरेका छन् ।

सो क्रममा उनीहरूले सडक सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी लिएका थिए । राजमार्ग अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सडक खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।
१० दिनसम्म पनि यातायात सुचारु हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सडक खुलाउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई हजार एम्बुलेन्स थन्किए
-
थानाभर्याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला
-
उद्घाटनपछि कहिलेदेखि चल्न थाल्छन् नागढुंगा सुरुङमार्गमा गाडी ?
-
मधेसमा तीन दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दाबी
-
गण्डकीमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा–प्रलोपा ?
-
ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण