गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन
कैलाली । नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले कैलाली-कञ्चनपुरको गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ (बिआइटी) परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले आज कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारस्थित गौरीफन्टा सीमानाकामा आयोजित कार्यक्रममा सीमा संवाद समूह (बोर्डर इन्टरयाक्सन टिम) परिचालन गरिएको घोषणा गरेका हुन् ।
सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने योजनाअनुसार गौरीफन्टा नाकामा ‘बिआइटी’ परिचालन गरिएको बताए । सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक सुवेदीले सीमा नाकामा कडा सुरक्षा र सहज आवागमनबीच सन्तुलन कायम गर्दै नागरिकसँग प्रत्यक्ष समन्वय बढाउने उद्देश्यले टोली परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार सादा पोसाकमा परिचालित टोलीमार्फत सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, आवश्यक सूचना सङ्कलन तथा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सीमा नाकाबाट आवतजावत गर्ने नागरिकले वर्दीधारी सुरक्षाकर्मीभन्दा सादा पोसाकमा रहेका टोलीसँग सहज रूपमा सम्पर्क गर्नसक्ने भएकाले सुरक्षासम्बन्धी सूचना प्राप्त गर्न र नागरिकसँग विश्वासको सम्बन्ध विस्तार गर्न यो अवधारणा उपयोगी हुने उनको भनाइ छ ।
बाहिनीपति सुवेदीले सीमा समन्वय टोलीमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई ‘निगरानी, समन्वय र नियन्त्रण’ को नीतिअनुसार अनुशासित, नागरिकमैत्री र त्रुटिरहित ढङ्गले जिम्मेवारी निर्वाह गर्न निर्देशनसमेत दिए ।
सशस्त्र प्रहरीले सीमा प्रवेश विन्दुहरूमा यस्ता टोली परिचालन गर्दै सीमासुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी, नागरिकमैत्री र सूचना–आधारित बनाउने रणनीति अघि बढाएको जनाएको छ । हाल गौरीफन्टा नाकासहित हाल देशका विभिन्न ६ जिल्लामा कार्यारम्भ गरिएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नं ३४ गण मुख्यालय कैलालीका गणपति खुमबहादुर केसी, कैलाली र कञ्चनपुरका सीमावर्ती क्षेत्रका सशस्त्र प्रहरी इकाइ प्रमुख, सीमावर्ती वडाका जनप्रतिनिधि तथा नेपाल प्रहरी त्रिनगर प्रहरी चौकीका प्रमुख एवं प्रहरी वरिष्ठ नायब निरीक्षक नैनसिंह भाटलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना
-
नयाँ सङ्गठन र पद दर्ता गर्ने पहिलो निकाय बन्यो सामान्य प्रशासन मन्त्रालय
-
दुई हजार एम्बुलेन्स थन्किए
-
थानाभर्याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला
-
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि
-
मधेसमा तीन दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण