चीन भ्रमणलाई सहज बनाउन हिमालयन बैंक र युनियनपेको सहकार्य, आरएमबी कार्ड सेवा सुरु
सारांश
- हिमालयन बैंकले नेपालमा पहिलोपटक युनियनपे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ।
- यो कार्डले चीन भ्रमणका क्रममा चिनियाँ मुद्रामा सहज भुक्तानी गर्न सकिनेछ।
- यस कार्डबाट अलिपे, विच्याट पे जस्ता डिजिटल माध्यममार्फत पनि भुक्तानी गर्न सकिनेछ।
काठमाडौँ। हिमालयन बैंक लिमिटेडले नेपालमै पहिलो पटक युनियनपे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ।
बैंकले चीनको प्रसिद्ध कार्ड ब्रान्ड युनियनपेसँग सहकार्य गर्दै आफ्ना स्थानीय ग्राहकहरूका लागि चीन भ्रमणलाई थप सहज, सुरक्षित र सुलभ बनाउने उद्देश्यले यो नयाँ कार्ड सेवाको सुरुवात गरेको हो।
यस कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीनको भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस, क्यूआर कोड एवं ई-कमर्स प्लेटफर्ममार्फत हुने कारोबारको चिनियाँ मुद्रामा नै सहज भुक्तानी गर्न सक्नेछन्। चिनियाँ मुद्रामै सोझै कारोबार हुने भएकाले यो कार्ड बजारमा उपलब्ध अन्य कार्ड तथा वित्तीय उपकरणहरूको तुलनामा निकै मितव्ययी एवं सर्वस्वीकार्य हुने बैंकले दाबी गरेको छ।
व्यक्तिगत तथा संस्थागत भ्रमणमा जाने विद्यार्थी, व्यवसायी एवं पर्यटक जो कोहीले पनि नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागद्वारा स्वीकृत सीमासम्मको रकम यस युनियनपे आरएमबी कार्डमा लोड गर्न सक्नेछन्। यसरी लोड गरिएको रकम युनियनपेको सञ्जालसँग आबद्ध रहेका अलिपे, विच्याट पे, निहाओ चाइना जस्ता लोकप्रिय क्यूआर एवं अन्य डिजिटल माध्यममार्फत समेत चिनियाँ मुद्रामै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।
काठमाडौँको नक्सालस्थित मेरियट होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच यस सेवाको औपचारिक सुरुवात गरिएको हो। समारोहमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा तथा युनियनपे इन्टरनेसनलका तर्फबाट उपाध्यक्ष ज्वाङ बेइले संयुक्त रूपमा नेपालमा प्रथम पटक उक्त आरएमबी कार्ड सेवाको शुभारम्भ गरेका हुन्।
यस नयाँ सेवाले चीनसँग व्यापारिक तथा शैक्षिक सम्बन्ध रहेका नेपालीहरूलाई वित्तीय कारोबार गर्न ठुलो राहत पुग्ने विश्वास बैंकले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण