संसद् बैठक
संवादका लागि बोलाउँदा विपक्षी दलले बेवास्ता गरेको सभामुखको खुलासा
सोमबार, १८ जेठ २०८३, १५ : ००
सारांश
- सभामुख डोलप्रसाद अर्यालले संवादका लागि बोलाउँदा विपक्षी दलहरुले बेवास्ता गरेको खुलासा गरेका छन् ।
- आइतबार र सोमबार संसदको गतिरोधबारे छलफल गर्न बोलाउँदा विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको सभामुख अर्यालले जनाए ।
- सभामुख अर्यालले नेपालको कानुन बनाउन, राष्ट्र, राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न आह्वान गरे ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संवादका लागि बोलाउँदा विपक्षी दलहरुले बेवास्ता गरेको खुलासा गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले आइतबार आफूले संसदका गतिरोधबारे छलफल गर्न दलहरुलाई बोलाएको, आज पनि कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोलाएको तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको जनाए ।
विपक्षी दलहरुले सोमबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख अर्यालले यस्तो बताएका हुन् । उनले नेपालको कानुन बनाउन, राष्ट्र, राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण