‘भोलि भारतले भूमि फिर्ता माग्यो भने कुन भूमि दिने?’
सारांश
- श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा 'नेपालले पनि भारतको धेरै भूमि मिचेको छ' भन्ने अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै तत्काल माफी माग्न माग गरेको छ।
- सांसद आरेन राईले प्रधानमन्त्रीको भनाइप्रति आक्रोश व्यक्त गर्दै भारतले भूमि फिर्ता मागेमा कुन भूमि दिने भनी प्रश्न गरेका छन्।
- राईले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको साख गिराएको र सिमा रक्षामा सरकारको फितलो जगले नेपालको अन्तर्राष्ट्रिय स्थिति कमजोर बन्ने बताएका छन्।
काठमाडौँ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल माफी माग्नुपर्ने माग गरेको छ। प्रधानमन्त्री साहले ‘नेपालले पनि भारतको धेरै भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको निष्कर्ष निकाल्दै उक्त पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले संसद्को रोस्टमबाटै माफी माग्नुपर्ने माग गरेका हुन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले प्रधानमन्त्री साहको सो भनाइप्रति कडा आक्रोश व्यक्त गरे। उनले यदि भोलि भारतले पनि 'तिम्रो प्रधानमन्त्रीले नै स्वीकार गरिसकेका छन्, हाम्रो भूमि फिर्ता गर' भनेर माग्यो भने नेपालले कुन भूमि फिर्ता दिने भनी प्रधानमन्त्री साहलाई प्रश्न गरे।
नेपालले इतिहासमा अहिलेसम्म कुनै पनि मुलुकको भूमि नमिचेको दाबी गर्दै उनले प्रधानमन्त्रीको यस्तो कमजोर र गैरजिम्मेवार अभिव्यक्तिले आफूलाई देशभक्त नागरिक र जनप्रतिविधिका रूपमा गहिरो दुःख र लज्जाबोध गराएको बताए। संसद्मा बोल्दै सांसद राईले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले मलाई गहिरो दुःख र लज्जाबोध भइरहेको छ, नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय एकता र भौगोलिक अखण्डता कुनै राजनीतिक दल, सरकार वा व्यक्तिको मात्रै विषय होइन।’
उनले देशको सिमाना जस्तो संवेदनशील विषय सम्पूर्ण नेपाली जनताको साझा भावना, संविधानको मूल मर्म र राष्ट्रको अस्तित्वसँग जोडिने भएकाले यसमा व्यक्त गरिने अभिव्यक्ति सधैँ स्पष्ट, जिम्मेवार र राष्ट्रहितको अनुकूल हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले यस्तो कमजोर, मिथ्या र तथ्यहीन उत्तर दिने कुरा पहिले नै थाहा पाएको भए आफूले संसद्मा प्रश्न नै नसोध्ने भन्दै उनले संसद्को रेकर्डबाट सो भनाइ हटाउने कुरा मात्र पर्याप्त नहुने उल्लेख गरे।
इतिहासमा प्रधानमन्त्रीको पदबाटै देशको हितविपरीत यस्तो नजिर स्थापित हुनु आत्मघाती हुने सांसद राईको भनाइ छ। प्रधानमन्त्री साहले नेपालको इतिहासमै सबैभन्दा कमजोर र तथ्यहीन अभिव्यक्ति दिएर देशको साख गिराएको आरोप लगाउँदै उनले थपे, ‘जसरी संसद्को रोस्टममा आएर प्रधानमन्त्रीले राष्ट्रको हित विपरीत अभिव्यक्ति दिनुभएको छ, यहीँ आएर माफी मागेर आफ्नो शब्द फिर्ता लिनुपर्दछ।’
श्रम संस्कृति पार्टीले सिमा रक्षा र राष्ट्रिय स्वाधीनताका विषयमा सरकारको यस्तो फितलो जगले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्थिति कमजोर बन्ने ठहर गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण