फिल्म ‘सारथि’को सकियो छायाङ्कन
सारांश
- उत्तम प्रधान र निरुता सिंह अभिनीत फिल्म ‘सारथि’को छायाङ्कन म्याग्दीमा एक महिना चलेपछि सकिएको छ ।
- सामाजिक कथावस्तुमा आधारित यस फिल्मले मौलिक संस्कृति, परम्परागत जीवनशैली र हिमालको मनमोहक दृश्यलाई पर्दामा उतार्नेछ ।
- फिल्ममा उत्तम र निरुताका साथै अन्य धेरै कलाकारहरूको अभिनय रहेको छ ।
काठमाडौँ । उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सारथि’ को छायाङ्कन सकिएको छ ।
म्याग्दीका विभिन्न स्थानमा एक महिना छायाङ्कनपछि फिल्म सकिएको हो । निर्देशक कुमार गजुरेलले फिल्मको छायाङ्कन पुर भएको जानकारी दिए । उनका अनुसार केही दृश्य मिलाउन काठमाडौँमा एक दिन छायाङ्कन भने हुनेछ ।
सामाजिक कथावस्तुमा आधारित फिल्मले मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा–माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा देखाउनेछ ।
फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कँडेल र धिरेन मोक्तान लगायतका कलाकारहरूको अभिनय छ ।
किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्य रहेको फिल्ममा निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् ।
धिरज तामाङ र बेक बहादुर विश्वकर्मा सहनिर्माता, प्रदिप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म छायाङ्कन संकल्प भुजेलले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण