सभामुखले पेलेर संसदीय नियमावली पारित गरेपछि अदालत जाने तयारीमा विपक्षी दल
सारांश
- कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नियमावलीको नियम २५९ को व्यवस्थाप्रति असहमति जनाएको छ।
- नेकपा सांसद गोपाल शर्माले संविधानसँग बाझिएको विषयमा कानुनी प्रश्न उठ्ने भएकाले अदालत जानेबारे सोमबार बेलुका पार्टी संसदीय दलको बैठकमा निर्णय गरिने बताए।
काठमाडौँ । प्रतिपक्षको विरोधकाबिच सभामुख डाेलप्रसाद अर्यालले जबरजस्ती संसद्को नियमावली पारित गरेपछि उनीहरू अदालत जानेबारे आन्तरिक छलफलमा जुटेका छन् ।
सोमबार बिहान बसेको विपक्षी दलको बैठकमा यसबारे कुराकानी भएको नेताहरूले बताएका छन्। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पारित नियमावलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालत जानेबारे छलफल गरेको एमाले प्रमुख सचेतक ऐन महरले जानकारी दिए।
‘जबरजस्ती र गरेर त्यो पनि संविधानभन्दा माथि हुने गरी नियमावली बनाइएको छ’, प्रमुख सचेतक महरले भने, ‘प्रतिनिधि सभाका सदस्यहरूलाई विशेष अधिकार दिने गरी गरिएको नियमावलीको नियम २५९ को व्यवस्थाप्रति विपक्षी दलहरूको असहमति छ। अदालत जाने कि भन्ने कुरा भएको छ। यसबारे हामी आन्तरिक छलफलमा छौँ।’
विपक्षीको विरोध र नाराबाजीकैबिच आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको घोषणा गरेका थिए।
सामान्यतया संसद्लाई नियमन र व्यवस्थित गर्ने नियमावली सर्वसम्मतिमा पारित गर्ने गरिन्छ। यदि नियमावलीको विषयवस्तुमा सर्वसहमति हुन नसकेमा प्रक्रियामा भए पनि सर्वसहमति खोजिने संसदीय अभ्यासलाई भत्काउँदै सभामुख अर्यालले विपक्षी दलहरूको बेल घेराउकाबिच नियमावली पारित गरेका थिए।
नेकपाका सांसद गोपाल शर्माले संविधानसँग बाझिएको विषयमा कानुनी प्रश्न उठ्ने भएकाले सोही अनुसार अघि बढ्न लागेको बताए । सांसद शर्माले कानुनी उपचारका लागि अदालत जाने कि नजाने भन्नेबारेमा सोमबार बेलुका पार्टी संसदीय दलको बैठक बोलाएर निर्णय गर्न लागिएको बताए।
‘संविधान र कानुनभन्दा माथि कोही हुन सक्दैन। संविधानसँग बाँझिएको विषयमा कानुनी प्रश्न उठ्छ नै’, शर्माले भने, ‘संविधान र कानुन मिचेर सभामुखले जसरी संसद्को नियमावली पारित गर्नुभयो, त्यो बेठिक छ । यसबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण