पर्यटन क्षेत्रलाई प्राथमिकता दिन व्यवसायीहरूलाई मुख्यमन्त्रीको आग्रह
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।
साथै उनले उद्यमी–व्यवसायीहरूलाई पर्यटन क्षेत्रमा लगानी गर्न उनले आग्रह गरेका छन्। ओरिएन्टल पब्लिकेशनद्वारा प्रकाशित ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले पर्यटन प्रवद्र्धनले मुलुकको समृद्धि, रोजगारी सिर्जना र गरिबी घटाउन सघाउने बताए।
मुख्यमन्त्री कार्कीले पर्यटन पूर्वाधार विकासका लागि कम्तीमा १० वर्षसम्म निरन्तर रूपमा राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए। ओरिएन्टल पब्लिकेशनका प्रबन्धक हरि गौतमले कोशी क्षेत्र अवसर, सम्भावना र चुनौतीको सङ्गम भएकाले यसको समग्र विकासमा जोड दिनुपर्ने बताए।
पुस्तकका लेखक वासुदेव बरालले आफ्नो सिर्जना पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संस्थाका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।
साहित्यकार कृष्ण साह र सीमा आवासले पुस्तकको समीक्षा गर्दै कोशी प्रदेशको पर्यटनबारे जान्न चाहनेका निम्ति पुस्तक सङ्ग्रहणीय रहेकाे बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण