अमेरिकामा अप्रेसन ‘चेकमेट’, ३० भारतीय पक्राउ
सारांश
- अमेरिकामा 'चेकमेट' अप्रेसन अन्तर्गत गैरकानुनी रूपमा बस्दै आएका ३० भारतीय नागरिक पक्राउ परेका छन्।
- पक्राउ परेकाहरूमध्ये अधिकांश ट्रक चालक हुन् र उनीहरूलाई अमेरिकाबाट फिर्ता पठाइने छ।
- गिरफ्तार गरिएका केहीसँग पुरानो रोजगार अनुमतिपत्र भेटिएको छ, जुन वर्तमान सरकारले अमान्य घोषणा गरेको छ।
वासिंटन । अमेरिकामा अप्रेसन ‘चेकमेट’ अन्तर्गत ३० भारतीय नागरिक पक्राउ परेका छन् ।
‘पीटीआई’ समाचार एजेन्सीका अनुसार गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका र ट्रक चालकका रूपमा काम गर्दै आएका उनीहरूलाई पक्राउ गरिएको हो ।
अमेरिकी अधिकारीका अनुसार पक्राउ परेका उनीहरूलाई चाँडै नै अमेरिकाबाट फिर्ता पठाइने छ ।
अमेरिकाको कस्टम्स र बोर्डर प्रोटेक्सन कार्यालयका अनुसार ११ देखि १५ मेका बिचमा एरिजोनाको युमा सेक्टरमा बोर्डर पेट्रोल एजेन्टले ५२ जनालाई पक्राउ गरेको थियो, जसमा ३६ जना सेमी ट्रक चालक थिए ।
गिरफ्तार गरिएका ती ३६ जनामध्ये ३० जना भारतीय रहेको बताइएको छ । बाँकी ६ जना मेक्सिको, एल साल्भाडोर र रुसका नागरिक रहेको जनाइएको छ ।
पक्राउ गरिएकाहरू केहीसँग क्यालिफोर्निया, न्यूयोर्क, वासिंटन र भर्जिनिया राज्यबाट जारी गरिएका व्यावसायिक सवारी चालक अनुमतिपत्र रहेको र केहीसँग त्यस्तो अनुमतिपत्र नरहेको बताइएको छ ।
अधिकांशसँग रोजगार अनुमतिको दस्तावेज फेला परेको थियो, जो यसअघिको अमेरिकी सरकारले जारी गरेको थियो । वर्तमान सरकारले ती दस्तावेज अमान्य घोषित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण