बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरबाट चोरीका ल्यापटपसहित तीन जना पक्राउ

मङ्गलबार, १९ जेठ २०८३, १३ : ४२
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • ललितपुरको कुपण्डोलस्थित एक घरबाट दुई थान ल्यापटप र नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
  • प्रहरीले चोरीको ल्यापटप खरिद गर्ने कार्यमा संलग्न एक जनालाई पनि पक्राउ गरेको छ।
  • गत जेठ १४ गते चोरी भएको उजुरी परेपछि प्रहरीले तत्परता देखाउँदै उनीहरूलाई बरामद सामानसहित नियन्त्रणमा लिएको हो।

ललितपुर। ललितपुरको कुपण्डोलस्थित एक घरबाट ल्यापटप र नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

कुपण्डोलको गणेश मन्दिर नजिकै रहेको घरबाट दुई थान ल्यापटप र नगद चोरी भएको सूचना पाएपछि खोजीमा जुटेको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरूलाई बरामद सामानसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर मातहतको प्रहरी प्रभाग कुपण्डोलबाट खटिएको विशेष टोलीले चोरी भएको ल्यापटपसहित आरोपीहरूलाई समात्न सफल भएको हो। पक्राउ पर्नेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १ बस्ने २१ वर्षीय अमन परियार र नुवाकोटको विदुर नगरपालिका वडा नं. २ घर भई हाल काठमाडौँको थापाथली बस्ने १७ वर्षीय नजर थापा मगर छन्।

प्रहरीले चोरीको ल्यापटप खरिद गर्ने कार्यमा संलग्न महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. १ घर भई हाल थापाथली बस्ने २१ वर्षीय रञ्जन कापरलाई पनि पक्राउ गरेको छ।

गएको जेठ १४ गते चोरी भएको उजुरी परेपछि प्रहरीले तत्परता देखाउँदै उनीहरूलाई समातेको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले एक थान एचपी कम्पनीको र एक थान डेल कम्पनीको ल्यापटप बरामद गरेको छ। नियन्त्रणमा लिइएका तीनै जनामाथि प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप